मोरङको विराटनगर १२ बखरीमा एक महिलाको शव भेटिएको छ।
घाँटी काटेको र सलले बेरेको अवस्थामा अन्दाजी २५ वर्षकी युवतीको शव रहेको उखुबारीमा भेटिएको मोरङका एसपी विश्व अधिकारीले जानकारी दिए।
तराई मूलको जस्तो देखिने ती युवतीको पहिचान खुल्न सकेको छैन।
प्रहरीले शवको मुचुल्का उठाउने तयारी गरिरहेको थापाले बताए।
उनले अनुसन्धान जारी रहेको बताए।