चीनमा फैलिएको कोरोना भाइरसको बारेमा सबैभन्दा पहिलो पटक चेतावनी दिने चिकित्सकको मृत्यु भएको बीबीसीले जनाएको छ।
चिनियाँ सरकारी सञ्चार माध्यम तथा विश्व स्वास्थ्य संगठनले पहिलो उसको मृत्युको खबर दिएका थिए।
We deeply mourn the death of #Wuhan doctor Li wenliang, who unfortunately got infected with novel #Coronavirus while battling with the epidemic. After all-effort rescue, Li passed away on 2:58 am, Feb. 7. pic.twitter.com/mbYA3wB4pn
— People's Daily, China (@PDChina) February 6, 2020
चिनियाँ मिडियाका अनुसार वुहान केन्द्रीय अस्पतालका आँखा विशेषज्ञ वेन लियागनले कोरोना भाइरसबाट संक्रमित भएको तथा ३० डिसेम्बरमा उनले आफ्नो साथी चिकित्सकलाई केही विरामीमा कोरोना भाइरसको लक्षण देखिएको चेतावनी दिएका थिए। उनले त्यस्तो चेतावनी दिएपछि अनावश्यक हल्ला फैलाएको भन्दै उनलाई तत्काल प्रहरीले पक्राउ गरेको थियो । तर पछि चिकित्सक ली कै कुरा सत्य साबित भयो।
३४ वर्षीया डा. ली वेनलियाङलाई चिनियाँ सामाजिक सञ्जालमा केही दिनदेखि ‘हिरो’ को रुपमा देखाइएको छ। कारण: डा. लीले सही समयमै सबैलाई सचेतता अपनाउन भनेका थिए।
चीनमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ५६० पुगेको छ भने सरकारी तथ्याङ्क अनुसार २८ हजारभन्दा बढी मानिसहरु यो रोगबाट संक्रमित छन्।
यो भाइरसको प्रकोप नियन्त्रण गर्न चीनले धेरै चीजमा अब कडाइ गर्ने घोषणा गरेको छ।
स्थानीय मिडियाका अनुसार चीनको कैयौ ठूलो शहरमा घरबाट बाहिर साथै बसेर खाना खान समेत रोक लगाइएको छ भने ठूल्ठुलो भवनमा लिफ्ट बन्द गरिएको छ। यसका साथै कति मानिस एक पटकमा जान सक्ने भनेर पनि तोकिदिएको छ चीन सरकारले।