एजेन्सी
अफगानिस्तानको दक्षिणी कान्दाहर प्रान्तमा रहेको एक चौकीमा आफ्नै सहकर्मीको आक्रमणमा परी कम्तीमा पाँच प्रहरीको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख सुल्तान मोहम्मद हकिमीले बताएका छन्।
हकीमीका अनुसार पञ्जायी जिल्लाको एक प्रहरी चौकीमा भएको उक्त घातक घटना बिहीबार बिहान सबेरै तलकान क्षेत्रमा भएको थियो। घटनापछि आक्रमणकारी फरार भएको उनले बताए।
अफगानिस्तानमा विगतमा पनि तालिवान विद्रोहीले आफू निकटस्थ सुरक्षाकर्मीलाई सहकर्मीमाथि आक्रमणका लागि प्रयोग गर्ने गरिएको थियो। सरकारले आतंककारीहरूले सुरक्षाकर्मीलाई प्रलोभनमा पारेर यस्ता घटना गराउने गरेका बताएको छ।
यस पहिले जनवरी २८ मा उत्तरी बग्लान प्रान्तमा तालिबानी समुदायका एक व्यक्तिले चौकीमा सहकर्मीमाथि घातक आक्रमण गर्दा ११ प्रहरीको मृत्यु भएको थियो भने केही घाइते भए।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया