सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले चीनमा रहेको नेपालीलाई स्वदेश फिर्ता ल्याउन कुनै समस्या नरहेको बताएका छन्।
बिहीबार सरकारको नियमित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री बाँस्कोटाले नेपाली ल्याउन जहाज तयार भएपनि अन्य कुराले ढिलाइ भइरहेको बताए। ‘वुहानबाट नेपालीलाई चाँडो घर ल्याउन सरकारले तयारी गरिसकेको छ।’ उनले भने ‘ ल्याउन जहाजभन्दा पनि अन्य व्यवस्थाले ढिलाइ गरेको हो।’
उनले चीनबाट नेपाल ल्याइने नेपालीलाई राख्न सरकारले तत्काल ३ सय शैय्याको अस्पताल बनाउन निर्देशन दिएको पनि जानकारी दिए।
‘नेपालले चीन जस्तो एक हप्तामै १३ सय शैय्याको अस्पताल बनाउन नसके पनि सरकारले आफ्नो क्षमता अनुसार काम गरिरहेको छ। नेपालीहरू सुरक्षित फर्काउन चीनसँग सरकारले नियमित सम्पर्क गरिरहेको छ।’ उनले भने।