तपाईंहरूले जे पनि भन्‍न हुने, मैले केही भन्‍नै नहुने ?

थाहा खबर

काठमाडौँ

तपाईंहरुले आज यहाँ थुप्रै महत्वपूर्ण विषयहरु उठाउनु भएको छ। हरेक विषयहरुमा जानुभन्दा अगाडि मेरो आमन्त्रणलाई स्वीकारेर आउनु भयो र खुलस्त विचार राख्नुभयो। यसका लागि सबैभन्दा पहिले म हार्दिक धन्यवाद भन्‍न चाहन्छु। एउटा कुरा के देखियो भने अलिअलि अतिशयोक्तिपूर्ण ढंगले भन्‍नुभएछ भन्‍ने जसरी खुला कुरा राख्नुभयो, एकदम स्वतन्‍त्रतापूर्वक राख्नुभयो।

यसर्थ कि यहाँ कुनै बारबन्देज छैन, कुनै अप्ठ्यारो, असहज केही पनि छैन। यसको अर्थ के हो भने हामी एउटा स्वतन्त्र समाजमा छौं। तपाईंहरुको बोलाइ र अभिव्यक्तिबाट हामी स्वतन्त्र समाजमा बाँचिरहेका छौं र स्वतन्त्र समाजमा बाँच्छौं भन्‍ने  पुष्टि भएको छ। यो हाम्रो समाजमा स्वतन्त्रतामा त्यस्तो केही खतरा छैन भन्‍ने व्यवहारिक संपुष्टि हो।
 

प्रकाशित मिति: : 2020-02-07 03:29:48

प्रतिकृया दिनुहोस्