अन्नपूर्ण
डा. दिनेशपन्थी / प्रा.डा. चेतराज भट्ट । पाठ्यक्रम विकास केन्द्रले हालै गरेको माध्यमिक शिक्षाको राष्ट्रिय प्रारूप प्रारम्भमै विवादित बनेको छ। उक्त परिवर्तित प्रारूपका कारण नेपाली विज्ञान शिक्षाको धरातल कमजोर हुने देखिएको छ। यो प्रारूपबारेमा गणित विषयसम्बद्ध प्राध्यापक एवं शिक्षकहरूको छाता संगठन नेपाल गणित समाजलगायत विश्वविद्यालयका विज्ञान र प्रविधि विषयसँग सम्बद्ध धेरैजसो संकाय एवम् संस्थाहरूमा आबद्ध विज्ञहरूले संयुक्त विज्ञप्तिमार्फत विरोधसमेत जनाइसकेका छन्।
विज्ञान समूहलाई आत्मसात गरी अध्ययन गर्न चाहने विद्यार्थीलाई विज्ञान र प्रविधिको मेरुदण्डका रूपमा रहेको गणितलाई चयन नगरी विज्ञान पढ्न सक्ने किसिमको पाठ्यक्रम बनाइएको छ। पाठ्यक्रमको प्रारूप हेर्दा भौतिकशास्त्र र जीव विज्ञान लिने दुवै समूहका विद्यार्थीले गणित विषय नलिई अध्ययन गर्न सक्ने देखिएको छ। गणितीय ज्ञानविनाको भौतिक विज्ञान कल्पना गर्न सकिन्छ ? प्रारूपले गणित विषय चयनका लागि निरुत्साहन गर्न खोजेको देखिन्छ। आफ्नो विषयको गहन अध्ययनलाई खासै सहयोग वा उपयोग नहुने अन्य विषय थोपर्न खोज्नुलाई कुनै पनि किसिमले उपयुक्त मान्न सकिँदैन। गणित विषयको आधारभूत ज्ञानविनै विज्ञान पढ्न सकिन्छ भने गणित विषय किन लिने ?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया