सिमकोट गाउँपालिका–८ स्याडा गाउँमा रुघाखोकी र भाइरल ज्वरोकाका कारण गाउँ नै थलिएको छ। गाउँका ३६५ जना रुघाखोकी र भारइल ज्वरोले बिरामी भएका छन्।
मौसमी रुघाखोकीबाट पाँच जनाको अवस्था चिन्ताजनक रहेको स्याडा स्वास्थ्यचौकीका वरिष्ठ अहेव अर्जुन कार्कीले बताए।
'स्वास्थ्यचौकीमा पर्याप्त औषधि र दक्ष स्वास्थ्यकर्मी नहुँदा समस्या भएको छ', उनले भने, 'गाउँपालिका स्वास्थ्य शाखाबाट दिएको औषधि सकियो तर बिरामी भने अहिलेसम्म जाती भएका छैन्।'
गाउँमा फैलिएको रुघाखोकी र भाइरल ज्वरोले संक्रमित वृद्धवृद्धा र बालबालिकाको समयमै उपचार नगरे यसले विशाल रुप लिन सक्ने कार्कीको भनाई छ।
हुम्लामा मौसमी रुघाखोकीका कारण विभिन्न गाउँपालिकामा १४ जनाको मृत्यु भएको स्थानीयवासी नुर्बु बुढाले जानकारी दिए।