सोमबार, १५ डिसेम्बर २०२५

ललितानिवास प्रकरणमा मुछिएका पूर्वमन्त्रीलगायतको सम्पत्ति छानबिन सुरु

अनलाइनखबर

अनलाइनखबर

काठमाडाै‌ं
News Image
• • •

बालुवाटारको ललितानिवासको जग्गा व्यक्तिको नाममा दर्ता गर्ने काममा संलग्न उच्च राजनीतिक, प्रशासनिक व्यक्ति तथा व्यापारिक घरानामाथि सम्पत्ति शुद्धीकरकण विभागले पनि अनुसन्धान थालेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार यो प्रकारणमा संलग्न १ सय ७५ जनामाथि विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

बिहीबारबाट सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पनि यो प्रकरणमा मुख्य भूमिका खेल्ने र अधिकतम लाभ लिनेहरूको सम्पत्ति छानबिन गर्न सुरु गरेको हो ।

विभागमा महानिर्देशक रूपनारायण भट्टराईले ‘पोलिटिकल्ली एक्सपोज’ भएकाहरूमाथि अधिकृत तोकेर अनुसन्धान थालिएको जानकारी दिए । विभागले यो प्रकरणमा जोडिएका पूर्वमन्त्री, सचिव र ठूला व्यापारिक घरानामा सम्पत्ति छानबिन गर्न सुरु गरेको हो ।

‘उनीहरूले अवैध आर्जन गरेको सम्पत्ति कहाँ, कसरी राखेका छन्, खोजी सुरु भएको छ,’ भट्टराईले भने,‘अख्तियारले अकुतमा अनुसन्धान गनेबाहेक अरूको सम्पत्ति छानबिन गर्न सुरु गरेका हौं ।’

विभागले यसअघिदेखि नै पूर्वासचिव तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दीप बस्नेतको सम्पत्ति छानविन गरिरहेको थियो ।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!