दुर्गानाथ अर्थात् नेपालीको एक विश्व घटना

गिरीश गिरी

काठमाडौँ

पुरानो बानेश्वर चोकबाट मैतीदेवीतर्फ ओरालो लाग्दै गर्दा परिचित अग्रजजस्तो चिनेको अनुहार देखेर कहिल्यै झुक्किनुभयो? मेरो पुस्ताका धेरै मान्छे झुक्किएका थिए। कतिपयले त ठिटौलो वयमा झसंग भएर तान्दातान्दैको चुरोट सडकमा मिल्काएका थिए, अनि 'ए... हत्तेरिका... यी त टिभीका दुर्गानाथ शर्मा पो हुन्' भन्दै फेरि अर्को चुरोट सल्काएका थिए। यसरी एउटा सिंगो पुस्ताको मनमा आफन्त बनेर बसेका दुर्गानाथ शर्मा बुधबार यस संसारबाट विदा भए।

नेटफ्लिक्सको पुस्तालाई दुर्गानाथ शर्मा चिनाउनु सजिलो नहोला। तर, कुनै समय बुस्टर र एन्टेना नभई टेलिभिजन नचल्ने समयमा बाँकीको संसारसँग उनैले नेपाल र नेपालीलाई जोडिदिएका थिए, जुन सम्झना अब कसैले मेट्न सक्दैन। जस्तो, निधनको खबर सुन्नेबित्तिकै ट्विटरमा एक तन्नेरी ईश्वर काफ्ले (इश) ले लेखे– 'बुत्रोस बुत्रोस घाली, इजरायल, प्यालेस्टाइन, गाजापट्टि, बोरिस एल्तसिन, बलेचिस्तान प्रान्त, चेचेन्या विद्रोही, स्लोभोदान मिलोसोभिच, बोस्निया हर्जगोभिना, जाफ्ना प्रायद्वीप, एलटिटिई। विश्व घटना अनि दुर्गानाथ शर्माले चिनाएका शब्दहरू। दुर्गानाथ शर्माप्रति हार्दिक श्रद्धाञ्जली।'

प्रकाशित मिति: : 2020-02-07 00:07:40

प्रतिकृया दिनुहोस्