एजेन्सी
अमेरिकी डेमोक्र्याटिक पार्टीको आयोवा राज्यमा भएको चुनावी प्रतिस्पर्धामा पूर्व मेयर पिट बुटिगीग र सिनेटर बर्नी स्यान्डर्सले अग्रता लिएका छन्।
अमेरिकी चुनावी प्रक्रियामा पार्टीका तर्फबाट सर्वाधिक सदस्य बटुल्न सफल व्यक्ति नै राष्ट्रपतिको चुनावका लागि योग्य हुने प्रावधान छ।
पार्टीको चुनावी प्रक्रिया आयोवा राज्यबाट प्रारम्भ भएको हो। मङ्गलबार भएको चुनावको नतिजा कम्प्युटर प्रणालीमा भएको गडबडीका कारण सार्वजनिक गर्न ढिलाई भइरहेको छ।
आयोवा राज्यको पार्टी कार्यालयले करिब ७१ प्रतिशत मतगणना हुँदा बुटिगीगले २६।८ प्रतिशत र स्यान्डर्सले २५।२ प्रतिशत मत प्राप्त गरेको जनाएको छ।
एघार जना चुनावी मैदानमा रहेको यस प्रतिस्पर्धामा सिनेटर एलिजाबेथ वारेनले १८।४ प्रतिशत र पूर्व उपराष्ट्रपति जो बाइडेनले १५।४ प्रतिशत मत प्राप्त गरेका छन्।
पपुलर मततर्फ स्यान्डर्सले ३२ हजार ६७३ र बुटिगीगले ३१ हजार ३५३ मत प्राप्त गरेका छन्।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया