मोदीको भाषणमा १४ पल्ट श्रीरामको उच्चारण!

एजेन्सी

नयाँ दिल्ली

भारतीय राजधानी दिल्लीको निर्वाचनअगाडि प्रधानमन्त्री नरेन्द्र मोदीले हिन्दु कार्ड अगाडि सारेका छन्। केन्द्र सरकारले बुधबार उत्तर प्रदेशको अयोध्यामा राम मन्दिर बनाउने विषयमा ‘श्री रामजन्मभूमि तीर्थ क्षेत्र ट्रस्ट’ को निर्माण गर्ने घोषणा गरेको छ। 

प्रधानमन्त्री मोदीले बिहान लोकसभामा ८ मिनेट ४५ सेकेन्डको भाषणमा १४ पल्ट श्रीराम, एक पल्ट हिन्दु र ४ पल्ट भारतको उच्चारण गरेका थिए। 

उनले नयाँ निर्माण गरिने ट्रस्टले अयोध्यामा भगवान श्रीरामको भब्य मन्दिर बनाउने विषयमा निर्णय लिन स्वतन्त्र रहेको बताए। सर्वोच्च अदालतले सुन्नी वक्फ बोर्डलाई अयोध्यामा ५ एकड जमिन छुट्टयाउन गरिएको अनुरोधलाई उत्तर प्रदेश सरकारले सहमति जनाएका छ। 

प्रकाशित मिति: : 2020-02-06 04:00:08

प्रतिकृया दिनुहोस्