पत्रकार खड्कालाई ज्यान मार्ने धम्की

पत्रकार तेजन खड्कालाई सामाजिक सन्जालमार्फत ज्यान मार्ने धम्की आएको छ। ybf kont नाम गरेको फेसबुक आइडीबाट घाँटी काट्ने सम्मको धम्की आएको हो।

‘तेरो घाँटी चाँडै छिन्छ, पख मा..... ने त जहाँ भए नि सेभ छैनस्,’ म्यासेजमा लेखिएको छ, ‘तेरो टाउको छिनाल्छु, ... जि मेरो यो च्यालेन्ज भयो।’

म्याजेस आएसँगै पत्रकार तेजनले प्रहरी प्रशासनसामू सत्य तथ्य छानबिनका लागि उजूरी दर्ता गराएका छन्। पत्रकार खड्काले कसले र किन यस्तो हर्कत गर्‍यो अनभिज्ञ रहेको बताए ।

‘सत्य तथ्य समाचार लेख्दा गाली गलौज आकै हो, तर मार्छु भनेर चाहिँ पहिलो यस्तो धम्की आयो’, खड्काले भने, ‘पछाडिबाट हैन अगाडि आउ फेस गर्न तयार छु।’

यसैबीच खड्कालाई यस्तो धम्की आएपछि उर्लाबारीका अग्रज पत्रकार केदार चौहानको अगुवाईमा सञ्चार क्लबका अध्यक्ष सरोज बस्नेत, मिलन के राउत, जगन्नाथ भट्टराई, किशाेर श्रेष्ठ, सन्तोष बिष्टलगायत प्रहरी प्रशासन पुग्दै उजुरी दिएका छन्।

पत्रकार चौहानले भने, ‘समाचारप्रति चित्त नबुझे कानुनी कारबाही खोज्नु तर यस्तो धम्की दिन पाइँदैन।’

उर्लाबारीका प्रहरी प्रमुख सुभाष राईले घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिए ।

नेपाल प्रेस युनियनका महासचिव अजयबाबु शिवाकोटीले धम्की दिने व्यक्तिको तत्काल पहिचान गरि कानुनी दायरामा ल्याई पत्रकार तेजन खड्कालाई भयरहित वातावरणमा पत्रकारिता गर्ने व्यवस्था मिलाउन स्थानीय प्रशासनसँग माग गरेका छन्। 

प्रकाशित मिति: : 2020-02-06 02:30:13

प्रतिकृया दिनुहोस्