'सरकारले उखु किसानको समस्यालाई अन्त्य गर्नुपर्छ'

 सरकारले राष्ट्रिय खेतीको रुपमा उखु बालीलाई घोषणा गरेको छ। महोत्तरीको गौशालामा बुधबार बिहान पत्रकारसँग कुरा गर्दै सरकारले उखु खेतीलाई राष्ट्रिय बालीका नाममा घोषणा गरेको हो।

उखु बालीलाई राष्ट्रिय खेतीका रुपमा घोषणा गरे तापनि कार्यान्वयन हुन् नसकेको उखु उत्पादक केन्द्रीय सङ्घ लिमिटेडका अध्यक्ष रामचन्द्रसिंह कुशवाहाले बताए। 'अझै पनि उखु किसान मर्कामा छन्' उनले भने।

देशमा तीनवटै तहका सरकारका फितलो कार्यनीतिकै कारण वर्तमान समयमा किसान उखु खेती छाड्न बाध्य भएको अध्यक्ष कुशवाहाको आरोप छ।

'तीनै तहका सरकारले वर्षौंदेखि बन्द अवस्थामा रहेको वीरगञ्ज चिनी उद्योगलाई सहकारीको माध्यमले सञ्चालन गर्नुपर्छ', उनले भने, 'उखु किसानको समस्या सधैँका लागि अन्त्य गर्नुपर्छ।'

वीरगञ्ज चिनी उद्योग सञ्चालनमा आए किसानलगायात देशलाई समेत आर्थिक रुपमा फाइदा हुने उनको भनाई छ।

 

प्रकाशित मिति: : 2020-02-06 01:59:37

प्रतिकृया दिनुहोस्