मुख्यमन्त्री पोखरेल भने : 'प्रदेशसभाले सहकार्यको संस्कृतिलाई स्थापित गरेको छ'

प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले प्रदेशसभाले सहकार्यको संस्कृतिलाई स्थापित गरेको बताएका छन्।

मंगलबार बुटवलमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री पोखरेलले कानूनी शासन व्यवस्थालाई सवल बनाउन प्रदेशसभाले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए।

सङ्घीय प्रणालीमा शक्ति पृथकीकरणको प्रयोग भएको उल्लेख गर्दै उनले प्रदेशस्तरमा व्यवस्थापिका र कार्यपालिकाले काम गरिरहेको जानकारी दिए।

'हामीले विकासको आकाङ्क्षा र मौलिक लोकतन्त्रको प्रयोग आफ्नो ढङ्गले गरिरहेका छौं' उनले भने। प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसका सचेतक निर्मला क्षेत्रीले प्रदेशको राजधानी र नामकरणको विषयलाई टुङ्गो लगाउन ढिला भएकोमा चिन्ता व्यक्त गरिन्। 

'प्रतिपक्षले सरकारसँग सबै विषयमा हातेमालो गर्न तयार छ' उनले भने। विकासका लागि सबैको सुझाव र सहयोग आवश्यक रहेको सङ्घीय समाजवादी पार्टीका सन्तोष पाण्डेको भनाई छ। 

प्रकाशित मिति: : 2020-02-05 06:23:32

प्रतिकृया दिनुहोस्