काठमाडौंस्थित घट्टेकुलोबाट १ लाख ४४ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको छ।
ग्लोबल ब्वाईज होष्टलमा बस्ने भगवतीमाई गाउँपालिका-७ घर भएका दिनेश खड्का र रमेश कुमार थापाको कोठाबाट ल्याप्टप १ थान, मोबाइल १ थान र १ तोला सुनको सिक्री गरी १ लाख ४४ हजार रुपैयाँ बराबरको धनमाल सोमबार चोरी भएको हो।
यसैगरी तारकेश्वर नगरपालिका-१० मनमैजु डेरा गरी बस्ने उदयपुर घर भएकी शिला विष्टको कोठाबाट नगद तथा सुनका बिभिन्न गहना समेत गरी करिब १ लाख ९० हजार रुपैयाँ बराबरको धनमाल सोमबार दिउँसो चोरी भएको छ।
सर्लाही, ईश्वरपुर नगरपालिका-१४ श्रीनगरस्थित जनता माबिको कम्प्युटर कोठाबाट डेक्सटप कम्प्युटर १० थान चोरी भएको छ। चोरीमा संलग्न व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धि अनुसन्धान भइरहेको स्थानीय प्रहरीले जनाएको छ।