प्रहरीले मोरङको विराटनगर–१७ स्थित रानी भन्सार गेट नजिकैबाट अवैध सुनसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको टोलीले भारतको विहार राज्य कटिहार ग्रामपञ्चायत वडा नं. २० बस्ने ६२ वर्षीय चन्दन भौमिकलाई पक्राउ गरेको हो।
अवैध रूपमा भन्सार छलेर नेपालबाट भारततर्फ लाँदै गरेको ९२.५२० ग्रामको दुई वटा सुनको चुरासहित उनी पक्राउ परेको मोरङका प्रहरीले जानकारी दिएको छ।
उनलाई नियन्त्रणमा लिएर थप अनसुन्धान भइरहेको छ।