चालु आर्थिक बर्षमा देशभर करिव एक हजार छ सय गाडी कुद्ने पुल निर्माणाधीन अवस्थामा छ।
गत आर्थिक बर्ष २ सय ४३ पुल निर्माण सम्पन्न गरेको सडक विभाग यो बर्ष ३ सय पुल निर्माण गरेर रेकर्ड बनाउने लक्ष्यका साथ अघि बढेको छ। अघिल्ला बर्षहरुमा सय वटा पनि पुल निर्माण हुने गरेका थिएनन्।