बिएल संवाददाता
शहीद स्मारक ए डिभिजन लिगमा साविक विजेता मनाङ मर्स्याङ्दी क्लबको अपराजित यात्रा टुङ्गिएको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा सोमबार च्यासल युथ क्लबले मनाङलाई २–० ले स्तब्ध बनाएको हो।
खेलको दुबै हाफमा च्यासलले एक एक गोल गरेको थियो।
२५ औं मिनेटमा थायगा नाकामुराले च्यासललाई अग्रता दिलाए। मनाङका दयानन्दले हायतो अकिनोलाई फउल गरेपछि पाएको फ्रिकिकमा नाकामुराले गोल गरेका हुन्।
पहिलो हाफमा अग्रता बनाएको च्यासलले दोस्रो हाफमा पनि शुरुदेखि नै मनाङमाथि आक्रमण गर्न थाल्यो। मनाङ भने बराबरी गोल फर्काउने प्रयासमा थियो तर इन्जुरी टाइमको तेस्रो मिनेटमा सन्तोष साहुखलले गोल गर्दै च्यासलको जित पक्का गरे।
खेलमा च्यासलका प्रशिक्षक बालगोपाल साहुखलले भने रातो कार्ड पाए। निर्धारित समयको अन्तिम मिनेटमा रेफ्रीको निर्णयमा असहमति जनाएको भन्दै रेफ्री सुदिश पाण्डेले प्रशिक्षक बालगोपाललाई दुई पहेँलो कार्ड देखाएका हुन्।
यो हारसँगै मनाङको उपाधि रक्षा होडमा धक्का लागेको छ भने त्रिभुवन आर्मी र मछिन्द्रलाई फाइदा भएको छ। मना शीर्ष स्थानको आर्मीभन्दा ४ अंकले पछाडि परेको छ। आर्मी १० खेलबाट २३ अंकसहित शीर्ष स्थानमा छ भने मछिन्द्र २२ अंकसहित दोस्रो र मनाङ १९ अंकका साथ तेस्रो स्थानमा छ।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया