इराकको स्वतन्त्र मानव अधिकार आयोगले सरकार विरोधी प्रदर्शनका क्रममा चार महिनाको अवधिमा ५३६ जनाको मृत्यु भएको जनाएको छ । सोमबार सार्वजनिक पछिल्लो प्रतिवेदनमा हिंसात्मक प्रदर्शनमा २३ हजार ५४५ जना घाइते भएका छन् ।