सरकार गलत बाटोमा छैन् : पर्यटनमन्त्री भट्टराई

संस्कृति, पर्यटन तथा नागरिक उड्डयमन्त्री योगेश भट्टराईले सरकार गलत बाटोमा नरहेको बताएका छन्।

सोमबार दमौलीमा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले सरकार सहि बाटोमा रहेको बताएका हुन्।

'सरकारको बाटो, दिशा र गन्तव्य सही छ', उनले भने, 'कहिलेकाहीँ अप्ठ्यारा बाटोमा आउने अवरोधलाई हटाउँदै अगाडि बढ्नुपर्छ।'

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई कुशल र अनुभवी पाइलटको बताउदैं नेतृत्वको वर्तमान सरकारको जहाजले सही अवतरण गर्ने उनले बताए।

'नेकपाको आकाश सफा र धर्ती उर्वर छ' उनले भने। पार्टी एकीकरणलाई भावनात्मक बनाउन हालै सम्पन्न केन्द्रीय कमिटी बैठक सफल भएको उल्लेख गरे।

विसं २०७७ को चैत महिनामा पार्टीको महाधिवेशन घोषणा गरिएको र त्यसले पार्टीलाई थप मजबुद बनाउने उनको भनाई छ।

'पार्टीको महाधिवेशनलगत्तै तीन तहको निर्वाचन हुन्छ', उनले भने, 'तीनवटै तहको चुनावमा अहिलेको भन्दा पनि राम्रो परिणाम निकाल्न सबै कार्यकर्ता लाग्नुपर्छ।'

बहुमत प्राप्त सरकार भएकाले जनताको अपेक्षा धेरै रहेको बताउदैं त्यसलाई पूरा गर्न सरकार लागिपरेको उनको भनाई छ।

प्रकाशित मिति: : 2020-02-04 05:01:28

प्रतिकृया दिनुहोस्