विगतका भ्रष्टाचार काण्डहरु अहिलेको सरकारले बाहिर ल्याएकाे छ: प्रधामन्त्री ओली

बिएल संवाददाता

काठमाडाै‌ं

प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा भ्रष्टाचार बढेको भन्ने आरोप निराधार भएको दावी गरेका छन्।

आइतबार नेकपा केन्द्रीय कमिटी बैठक समापन गर्दै प्रधानमन्त्री ओलीले भ्रष्टाचार बढेको नभई सरकारले छानबिन र कारबाही गर्न थालेपछि धेरै बाहिर आएको बताए। ओलीले विगतका भ्रष्टाचार काण्डहरु अहिलेको सरकारका पालामा छानबिन गरेर बाहिर ल्याइएकाले भ्रष्टाचार बढेजस्तो देखिएको बताए। 

‘अहिले सरकारले कारवाही गरेपछि भ्रष्टाचार बढेको ढंगले प्रचार गरिएको छ।’ उनले भने ‘वगतका भ्रष्टाचार काण्डहरु अहिलेको सरकारले छानबिन गरेर बाहिर ल्याइएकाले भ्रष्टाचार बढेजस्तो देखिएको हो।’ 

अबदेखि तीनै तहका सरकारले पार्टीको निर्देशन मान्ने उनले बताए। जनतामा सुशासन र स्वच्छताका लागि नेकपा नेतृत्वको सरकार बनेको भन्दै उहाले पार्टीले नै सरकार चलाउने भएकाले पार्टीको निर्देशन सरकारले मानेर जानुपर्ने जिकिर गरे। 

उनले कुनैपनि तहको सरकारमा रहेका आफ्ना पार्टीका नेता कार्यकर्ताहरुले भ्रष्टाचार गरेको फेला परे कडा कारवाही हुने चेतावनी समेत दिए। ओलीले अव पार्टी एकतावद्ध र एकढिक्का भएर अघि बढ्ने जिकिर गरे।

प्रधानमन्त्री ओलीले चीनमा फैलिएको कोरोना भाइरसबारे सरकार एकदमै संवेदनशील रहेको बताए। चीनमा रहेका नेपाली विद्यार्थीलाई लिएर आत्तिनुपर्ने अवस्था नरहेको भन्दै ओलीले चीनले नै व्यवस्था गरिरहेको जानकारी दिए।  उनले अहिलेसम्म नेपालमा कोरोना भाइरसको संक्रमण देखा नपरेकाले त्रसित नहुन आग्रह गरे।

‘दिनको नौ हजारजति मात्रै मास्क उत्पादन गर्न सकिन्छ,’ उनले भने, ‘देशमा मास्क उपलब्ध हुन गाह्रो छ, सजग हुनुस्।’

उनले अहिले नेपालले दिनको तीन हजार मात्रै मास्क उत्पादन गरिरहेको र अधिकतम उत्पादन गर्ने दिशामा अघि बढेको जानकारी गराएका छन् ।

‘दिनको नौ हजारजति मात्रै मास्क उत्पादन गर्न सकिन्छ,’ उनले भने, ‘देशमा मास्क उपलब्ध हुन गाह्रो छ, सजग हुनुस्।’

उनले अहिले नेपालले दिनको तीन हजार मात्रै मास्क उत्पादन गरिरहेको र अधिकतम उत्पादन गर्ने दिशामा अघि बढेको जानकारी गराएका छन् ।

पार्टीको विषयलाई लिएर प्रधानमन्त्री ओलीले केही संचारमाध्यमले गलत ढंगले व्याख्या गरेको पनि बताउनुभयो। यसअघि बैठकमा अर्का अध्यक्ष प्रचण्डले बैठकमा भएका छलफलबाट प्राप्त सुझावलाई मनन गर्दै पार्टी अघि बढ्ने बताए।  


 

प्रकाशित मिति: : 2020-02-04 02:47:39

प्रतिकृया दिनुहोस्