फ्लोरिडाको चर्चमा गोली चल्दा दुईको मृत्यु

संयुक्त राज्य अमेरिकाको फ्लोरिडा राज्यमा गोली चल्दा कम्तीमा दुई व्यक्तिको मृत्यु भएको अमेरिकी प्रहरीले बताएको छ।

स्थानीय समय अनुसार दिउसो २ः३० बजे गोली चलेको अधिकारीले बताएका छन् भने घटनामा दुईको मृत्यु भएको र दुई जनासख्त घाइते भएका जनाइएको छ। प्रहरीका अनुसार रिभेरा विचस्थित एक अन्त्येष्टि समारोहपछि गोली चलेको थियो।

गोली लागि मृत्यु हुनेमध्ये १५–बर्षीय किशोर र एक वयस्क पुरूष रहेका छन्। घाइते एक नावालक र वयस्क पुरूषको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। आक्रमणकारीले करिब १३ राउण्ड गोली चलाएको एक प्रत्यक्षदर्शीले बताए।

आक्रमणबारे अनुसन्धान भइरहेको बताइउको छ। अहिलेसम्म घटनामा सम्लग्न भएको आरोपमा कसैलाई पक्राउ गरिएको छैन। आक्रमणको कुनै समूहले जिम्मेवारी लिइनसकेको अमेरिकी अधिकारीहरूले बताएका छन्।

प्रकाशित मिति: : 2020-02-03 10:33:27

प्रतिकृया दिनुहोस्