काठमाडौं । साउदी अरेबियाले तेल तथा ग्यासको उत्पादनमा कमी गरेको छ । सरकारी स्वामित्वको तेल कम्पनी अरामकोका दुई ओटा ठूला तेल प्रशोधन केन्द्रमा ड्रोन आक्रमण भएपछि तेल तथा ग्यासको उत्पादनमा कमी गर्ने भएको हो ।
समाचार एजेन्सी रोयटर्सका अनुसार अब तेल उत्पादनमा हरेक दिन ५० लाख ब्यारेल कमी हुनेछ । यो साउदी अरबको कुल तेल उत्पादनको आधा हो । ड्रोन हमलाको जिम्मा यमनको हुथी समूहले लिएको छ । समूहका सैन्य प्रवक्ताले अल मसिरा टेलिभिजनमार्फत आक्रमणमा आफ्नो समूहको सम्लग्नता रहेको दाबी गरेका हुन् ।
यसअघि पनि साउदी अरबको पूर्वी भागमा रहेको साउदी अरामको दुई ओटा प्लान्टमा विस्फोट र आगलागीको खबर आएको थियो । यद्यपि त्यसमा आगलागीको कारण बताइएको थिएन ।