एमसीसी अनुमोदन गराउन प्रधानमन्‍त्रीले गरे सांसदहरुका लागि रात्रिभोज आयोजना

बिएल संवाददाता

काठमाडाै‌ं

प्रधानमन्‍त्री एव‌ं नेकपा अध्यक्षले सांसदहरुका लागि रात्रिभोज आयोजना गरेका छन्। रात्रिभोजका लागि नेकपाले आइतबार आफ्‍ना सांसदहरुलाई मोबाइलमार्फत सन्देश पठाएको हो।

सन्देशमा प्रधानमन्‍त्रीले भोजका लागि सांसदहरुलाई साँझ ६ बजे बालुवाटार छिर्न भनिएको छ। 

अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बारे सत्तारुढ सांसदहरुबीच एकमत बनाउने प्रयासस्वरुप प्रधानमन्त्री ओलीले भोजको आयोजना गरेकाे स्रोतले बताएकाे छ। 

नेकपा सांसदहरुबीच एमसीसी संसद्‍बाट अनुमोदन गर्न हुने/नहुने विषयमा मतान्तर छ। 

भीम रावल, झपटबहादुर रावल, देव गुरुङ लगायत नेताहरु एमसीसीको प्रावधान नेपालको हितमा नरहेको भन्दै विरोध जनाइरहेका छन्। 

प्रकाशित मिति: : 2020-02-03 03:16:31

प्रतिकृया दिनुहोस्