अखिल भारतीय हिन्दु महासभाका उत्तर प्रदेश प्रमुख बच्चनकाे गोली हानी हत्या

हिन्दुवादी संस्था अखिल भारतीय हिन्दु महासभाका उत्तर प्रदेश प्रमुखको लखनउमा गोली हानी हत्या गरिएको छ। ४० वर्षिय रणजित बच्चनलाई आइतबार बिहान हजरतगञ्ज क्षेत्रमा सडकमै गोली हानिएको हो।

मोटरसाइकलमा आएका एक व्यक्तिले उनीमाथि गोली चलाएको टाइम्स अफ इन्डियाले जनाएको छ ।हजरतगञ्जका पुलिस कमिसनर अभय मिश्राले बताएअनुसार टाउकोमा गोली लागेका बच्चनको घटनास्थलमा मृत्यु भएको थियो।

उनी २०१२ सम्म समाजवादी पार्टीमा थिए।

मनिर्ङ वाकमा अध्यक्ष बच्चनसँगै रहेका उनका भाइ आदित्य श्रीवास्तवलाई पनि गोली लागेको छ। उनको उपचार भइरहेको छ।

प्रकाशित मिति: : 2020-02-03 03:06:59

प्रतिकृया दिनुहोस्