नयाँ वर्षमा सुरुङमार्ग निर्माण थालनी : मुख्यमन्त्री पोखरेल 

वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले नयाँ वर्ष २०७७ मा सुरुङमार्ग निर्माण थालनी हुने बताएका छन्।

प्रदेशसभाको दोस्रो वार्षिकोत्सवका अवसरमा शनिबार आयोजित कार्यक्रममा बोल्दै उनले प्रदेशका १३ वटै जिल्लाको आवश्यकता बनेको हेटौँडा–काठमांडौँ सुरुङमार्गको डिपिआरको काम फागुनभित्र सकिएर चैतमा निर्माणका लागि बोलपत्र आह्वान गरिने बताएका हुन्।

'काठमाडौँसँग जोडिने हेटौँडाका सबै मार्गहरु छ महिनाभित्र स्तरोन्नती र आरामदायी हुनेछ' उनले भने।

हेटौँडाबाट काठमाडौँ जाने छोटो बाटोमध्येको भैँसे–भिमफेदी सडकखण्डको केही दिनमा नै बोलपत्र आह्वान गरिने जानकारी गराउँदै उनले भिमफेदी–कुलेखानी सडकखण्ड निर्माणका लागि भने निर्माण सामग्रीसमेत झरिसकेको जानकारी दिए।

'प्रदेश राजधानी जोडिने सबै सडक अब फराकिला र स्तरीय हुनेछ' उनले भने। प्रदेश राजधानीको स्थायित्व टुङ्गो नलागकेका कारण भौतिक निर्माणमा ढिलाइ भएकाले अब तीव्रगतिमा भौतिक संरचना निर्माण हुने मुख्यमन्त्री पौडेलको भनाइ छ। 

प्रकाशित मिति: : 2020-02-02 04:43:52

प्रतिकृया दिनुहोस्