चीनबाट फर्किएका नेपालीको पीडा : आफ्नैले समेत हेयको व्यवहार गर्छन्

विधुर ढकाल

काठमाडौँ

चीनको हुवेइ प्रान्तको वुहानबाट फैलिएको नोवेल कोरोना भाइरस (२०१९ एनसीओभी) फैलिँदै गर्दा २३ देशहरु यसको लपेटामा परेका छन्। विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसकै कारण अन्तर्राष्ट्रिय स्वास्थ्य आपतकालको घोषणा गरिसकेको छ।

शनिवार विहानसम्म ११ हजार ९ सय ४८ जनामा यो संक्रमण देखा परेको छ। त्यस्तै २ सय ५९ जनाको मृत्यु भइसकेको चिनियाँ अधिकारीहरुले जनाएका छन्। कोरोना भाइरसको आउटब्रेक इपिसेन्ट हुवेइमा मात्र यो भाइरसका कारण सात हजार १ सय ५३ जना मानिस संक्रमित भइसकेका छन् भने २ सय ४९ जना मानिसको मृत्यु भइसकेको छ।

प्रकाशित मिति: : 2020-02-02 04:29:23

प्रतिकृया दिनुहोस्