नेपाल इण्डो प्यासीफिक रणानीतिमा फस्न हुदैन् : मन्त्री पुन 

ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री बर्षमान पुनले नेपाल इण्डो प्यासीफिक रणानीतिमा फस्न नहुने बताएका छन्। 

शनिबार राजधानीमा सहिद तथा बेपत्ता योद्धा फाउण्डेशनको प्रथम साधारण सभा उद्घाटन गर्दै ऊर्जामन्त्री पुनले यस्तो बताएका हुन्।

नेपाल बिभिन्न देशको रणनीतिक क्षेत्रमा परेको भन्दै उनले भने, 'नेपालले सुजबुझका आधारमाा निर्णय लिनुपर्छ।'

नेपालले सुजबुझका आधारमाा निर्णय लिन नसके फस्ने खतरा रहेको उनको भनाई छ। 'निर्णय लिनसके ठूला देशको रणनीतिक खेलमा फस्न सक्ने' उनले भने।

नेकपाका स्थायी समिति सदस्य समेत रहेका पुनले पार्टीको केन्द्रीय समितिमा सरकारको काम, बिभिन्न रणनीति तथा अन्य बिषयमा केन्द्रीत रहेको धारणा राखे।

उनले व्यक्तिगत प्रवृतिमा नचल्ने भन्दै भने, 'पार्टीको नीति अनुसार अघि बढ्नुपर्छ।' पार्टीको ध्यान महाधिवेशनमा केन्द्रीत हुने उनको भनाई छ।

प्रकाशित मिति: : 2020-02-02 03:53:02

प्रतिकृया दिनुहोस्