'एक्साइटमेन्ट'ले जुराएको संयोग : पर्दा पछाडि कमेडियनको ट्राजिडी देखाउँदै ‘सेल्फी किङ’

‘कुनै हाँस्य कलाकार अति पीडामा पर्दा पनि उसले दर्शक हसाउन पर्‍यो भने के गर्ला?’ ‘अनि हसाउन सक्ला कि नसक्ला?’ लगातार प्रश्नपछि प्रश्न गरिरहेका थिए विशाल सापकोटा, ‘यस विषयमा फिल्म बनाउँदा कस्तो होला दाइ?’

प्रश्न सँगै रहेका निर्देशक दिनेश राउतसँग थियो। फिल्म प्रसाद हिट भएपछि नयाँ फिल्मको तयारीमा जुटेका राउत पनि नयाँ कथाको खोजीमा थिए तर भनेजस्तो मिलिरहेको थिएन। यी दुईको चिनजान दिनेशको निर्देशकीय डेब्युमै भएको हो। ‘चिनजान र विश्वास थियो। त्यसैले आफ्नो आइडिया सेयर गरेको थिएँ,’ विशालले दिनेशतर्फ इंकित गर्दै भने। माघको पारिलो घाम ताप्दै दिनेश र विशाल फिल्म ‘सेल्फी किङ’को रचनागर्भ सुनाउँदैछन्।

प्रकाशित मिति: : 2020-02-02 00:06:44

प्रतिकृया दिनुहोस्