रुपन्देही प्रहरीले लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं– २ का बिष्णु गाहा मगर र भैरहवाको मेउडीहवा बस्ने रेनु बनिया रहेका छन्।
जिल्लामा लागूऔषध नियन्त्रण गर्ने अभियान अन्तर्गत खटिएको प्रहरी टोलीले उनीहरुलाई सिद्धार्थनगर नगरपालिका–१ स्थित तनहूँ होटलको कोठा नम्बर १३६ बाट नियन्त्रणमा लिएको हो।
उनीहरुको साथबाट प्रहरीले १ ग्राम ४ सय मिलिग्राम ब्राउन सुगर, १ एम्पुल डाइजेपाम, १ एम्पुल फेनरागन, १ एम्पुल नुफिन लगायतका लागूऔषधका साथै बिभिन्न कम्पनीका ९ थान मोबाइल समेत बरामद गरेको हो।
रूपन्देही जिल्ला अदालतबाट म्याद थप गरी उनीहरुमाथि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डीएसपी खड्गबहादुर खत्रीले जानकारी दिए।