नेविसंघमा १२ औं महाधिवेशनदेखि मात्र उमेर हद लागू हुन्छ 

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले नेपाल विद्यार्थी संघको केन्द्रीय तदर्थ समिति गठन गरेको छ । नेविसंघको विधानमा ३२ वर्षमूनिको विद्यार्थी नेतालाई अध्यक्ष बनाउनु पर्ने प्रावधान विपरित ४६ वर्षीय राजिव ढुंगानालाई पार्टीले नेतृत्व दिएपछि आलोचना भइरहेको छ । 
यसै सन्दर्भमा अध्यक्ष ढुंगानासँग नयाँ पत्रिकाका रमेश दवाडीले गरेकाे कुराकानीको सम्पादित अंश 

मलाई पार्टीले विशेष अवस्थामा नेपाल विद्यार्थी संघ (नेविसंघ) को अध्यक्ष बनाएको छ । विशेष अवस्था यस कारण छ, किनभने नेविसंघको १२ औं महाधिवेशन सम्पन्न हुन नसकेको र ११ औं महाधिवेशनबाट आएको समिति विघटन भएको अवस्थामा छ ।  नेविसंघ गठन हन नसकेको अवस्थामा र निकट भविष्यमा स्वतन्त्र विद्यार्थी युनियनको चुनाव गर्ने भनेर विश्वविद्यालयले तयारी गरिरहेको अवस्थामा म अध्यक्ष भएको छु । यो अवस्था अत्यन्तै गहन र महत्वपूर्ण छ । 

असन्तुष्टकाे मागमा चित्तबुझ्दो समाधान खोजिन्छ 
पार्टी कार्यालयमा अनशन बस्नेहरूसँग कुरा भइरहेको छ । सबै एक ठाउँमा उभिएर काम गर्ने वातावरण आउँछ । उहाँहरूको असन्तुष्टमा चित्तबुझ्दो समाधान खोजिन्छ । सरकारले जनताको पक्षमा काम गर्न छाडेर जनविरोधी काम, संविधान मिच्ने काम गरेको छ ।  कांग्रेस मात्रै होइन, सबै प्रजातान्त्रिक शक्तिहरू एक भएर सरकारका गलत कामविरद्ध लाग्नुपर्छ । समयको यो आवश्यकतालाई सबै साथीहरूले मनन् गर्दे एकै ठाउँमा उभिनुपर्छ । म त्यो परिस्थिति बनाउन लागेको छु । 

प्रकाशित मिति: : 2020-02-01 04:10:12

प्रतिकृया दिनुहोस्