वीरगञ्जमा स्कारपियो गाडी दुर्घटना: एकको मृत्यु, ३ घाइते

बिमला गुप्ता

काठमाडाैं

वीरगञ्जमा स्कारपियो गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको भने अन्य तीन जना घाइते भएका छन्।

घण्टाघरबाट पावरहाउसतर्फ जाँदै गरेको बा १५ च ७७७१ नम्बरको स्कारपियो गाडी मध्यराति साढे १२ बजेतिर मुर्लीचोक–नेपाल नेपाल टेलिकम क्षेत्रिय कार्यालय सडकखण्डको डिभाइडरमा ठोक्किएर दुर्घटना भएको हो।

दुर्घटनामा बाराको परवानीपुर गाउँपालिका ५ बहुअरी बस्ने १६ वर्षीय आकाश पटेलको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले जनाएको छ।

यस्तै दुर्घटनामा परि घाइते हुनेमा फेटा गाउँपालिका १ भलुही बस्ने १७ वर्षीय धिरेन्द्र दास, वीरगञ्ज १० रानीघाट बस्ने १६ वर्षीय सोनु साह र वीरगञ्ज १० आदर्शनगर बस्ने १८ वर्षीय ओम पुरी रहेका छन्।

घाइतेमध्ये धिरेन्द्रको टाउकोमा चोट लागेको छ भने सोनुको हात भाँचिएको नारायणी अस्पतालस्थित प्रहरी बिटले जनाएको छ। उनीहरुलाई नारायणीमा प्रारम्भिक उपचारपछि क्रमशः पानी ट्यांकीस्थित न्युरो अस्पताल र अलि अर्थो अस्पतालमा ‘रेफर’ गरिएको छ । सामान्य घाइते ओम उपचारपछि घर फर्किएका छन्।

प्रकाशित मिति: : 2020-01-31 21:49:29

प्रतिकृया दिनुहोस्