होत्तरीस्थित जलेश्वरनाथ सवडिभिजन वन कार्यालयमा कार्यरत रेन्जर राम अशिष यादव घुससहित पक्राउ परेका छन्।
स्थानीयको ट्रयाक्टर नियन्त्रणमा लिई विभिन्न बहाना बनाई सेवाग्राहीसँग घुस मागेको भन्ने उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो।
उनलाई १५ हजार घुस लिइसकेको अवस्थामा जिल्ला सरकारी वकिलको कार्यालय महोत्तरीबाट नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।