नेपाल पर्यटन बोर्डका सीईओको पदबहाली

नेपाल पर्यटन बोर्डको नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) धनञ्जय रेग्मीले पदबहाली गरेका छन्। उनले बिहिबार बोर्ड सचिवालयमा जिम्मेवारी सम्हालेका हुन्।

'बोर्डलाई चुस्त र प्रभावकारी बनाएर परिणाम देखिने गरी काम गर्नेछु' उनले भने। निजी क्षेत्रको साझेदारितालाई अझ फराकिलो बनाएर पर्यटन प्रवद्र्धनका कामलाई गति दिने उनले बताए।

बोर्डको कार्यकारिणी समितिको यही माघ १४ गते बसेको बैठकले रेग्मीलाई सो पदमा नियुक्त गरेको थियो। सीईओको कार्यकाल चार वर्ष हुनेछ।

बोर्डको पदबहालीपछि छिट्टै बोर्डका अध्यक्ष रहेका पर्यटन मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले सीईओसँग कार्यसम्पादन करार सम्झौता गर्ने बोर्ड सचिवालयका सदस्य केबी शाहले जानकारी दिए।

 

प्रकाशित मिति: : 2020-01-31 06:28:30

प्रतिकृया दिनुहोस्