काठमाडाैंबाट गैंडाको खागसहित दुई जना पक्राउ

प्रहरीले गैंडाको खागसहित दुई जनालाई पक्राउ गरेको छ।

२५ लाखमा गैंडाको खाग खरिदबिक्री हुन लागेको सूचनाका आधारमा खटिएको प्रहरी टोलीले बुधबार साँझ काठमाडौं महानगरपालिका-७ चावहितबाट उनीहरुलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–८ चावहिलका खब खत्री र बाजुराको बुढीगंगा नगरपालिका–६ का दिनेश थापा रहेका छन्। 

खत्री र थापाको शरीर र कोठा खानतलास गरी प्रहरीले एक थान गैंडाको खाग बरामद गरेको जनाइएको छ। थप अनुसन्धान भइरहेको छ।
 

प्रकाशित मिति: : 2020-01-31 03:07:04

प्रतिकृया दिनुहोस्