बालुवाटारमा प्रधानमन्त्री ओली र विदेशमन्त्री एसलवर्नबीच भेटवार्ता

बालुवाटारमा बिहिबार प्रधानमन्त्री केपी शर्मा ओली र  नेपालको औपचारिक भ्रमणमा रहेका लग्जेम्बर्गका विदेशमन्त्री जिन एसलवर्नबीच भेटवार्ता भएको छ।

प्रधानमन्त्री ओली र विदेशमन्त्री जिनबीच भेटवार्ता व्यापार, लगानी र प्रविधि हस्तान्तरणलाई द्विपक्षीय हितमा उपयोग गर्नुपर्ने, युरोपेली सङ्घमार्फत नेपाललाई प्राप्त हुदै आएको सहयोगलगायत विषयमा छलफल भएको भेटमा सहभागी मन्त्रालयका सहसचिव निर्मलराज काफ्लेले जानकरी दिए।

उक्त भेटवार्ता प्रधानमन्त्री ओलीले संविधान निर्माणपछि नेपालमा राजनीतिक स्थायित्व कायम भएको बताउँदै व्यापार र लगानीका लागि आह्वान गरेका थिए।

उनले दिगो विकासको लक्ष्य हासिल गर्ने, अतिकम विकसित मुलुकबाट स्तरोन्नतिलगायत नेपालका आगामी कार्यदिशाका बारेमा जानकारी गराउँदै सहकार्यका लागि जोड दिएको सहसचिव काफ्लेले बताए।

विदेशमन्त्री एसलवर्न साझा हितका आपसी विषयमा सहकार्यका लागि तयार रहेको सहसचिव काफ्लेले जानकारी दिए। 

प्रकाशित मिति: : 2020-01-31 02:41:54

प्रतिकृया दिनुहोस्