बोराले च्यापिँदा एकै परिवारका चार भारतीयको मृत्यु

सिद्धार्थनगर नगरपालिका–६ गल्लामण्डी पिपरहियामा कवाडको बोराले किच्दा एकै परिवारका चार भारतीय नागरिकको मृत्यु भएको छ।

मृत्यु हुनेमा भारतको बिहार राज्यको बलियास्थित तपनीगाउँका ३० वर्षीय सहजाद हुसेन, उनकी श्रीमती २६ वर्षीया सद्धाव खातुन, दुई वर्षीया छोरी सहिना खातुन र छ वर्षीय छोरा सुल्तान रहेका छन्।

आफैले संकलन गरेको कवाडको थुप्रो पल्टिँदा खाटमा सुतेका उनीहरुको निस्सिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक केशव ज्ञवालीले जानकारी दिए।

मृतक चारै जनालाई बिहिबार बिहान मृतावस्थामा फेला पारिएको र शव परीक्षणका लागि भैरहवास्थित भीम अस्पतालमा राखिएको प्रहरीले जनाएको छ। 

 

प्रकाशित मिति: : 2020-01-31 02:05:30

प्रतिकृया दिनुहोस्