बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

पूर्व पश्चिम राजमार्गअन्तर्गत राप्ती नगरपालिका–४ लक्ष्मीनारायण चोकमा यात्रुबाहक बसले पैदलयात्रीलाई ठक्कर दिँदा एकको मृत्यु भएको छ। 

अन्दाजी ४० वर्षीय पुरुषको बसको ठक्करबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। 

पोखराबाट वीरगञ्जतर्फ गइरहेको ना ५ ख ३२६ नम्बरको बसले बुधबार  पैदलयात्रीलाई ठक्कर दिएको थियो। 

घाइतेको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको , मृतकको नाम, थर र ठेगाना खुल्न नसकेको र  बस र चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। 

प्रकाशित मिति: : 2020-01-31 01:11:10

प्रतिकृया दिनुहोस्