देहव्यपारको आरोपमा दक्षिणकाली नगरपालिकाका वडा अध्यक्षसहित तीन जना पक्राउ

बिएल संवाददाता

काठमाडाै‌ं

देहव्यपारको आरोपमा दक्षिणकाली नगरपालिका–४ का वडा अध्यक्षसहित तीन जना पक्राउ गरेका छन्।  प्रहरीले गत शुक्रबार वडाअध्क्षय पुष्कर खड्कासहित विज गोपाल श्रेष्ठ र नवल ठाकुरलाई नियन्त्रणमा लिएको हो। ठाकुर भने भारतीय नागरिक हुन्।

देहव्यपार गरेको उजुरी परेपछि उनीहरुलाई नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिसर ललितपुरका एसपी दुर्गा सिंहले बताइन्।  

प्रहरीले गत शुक्रवार नै जिल्ला अदालतबाट मानवबेचविखनको आरोपमा म्याद थप गरि अनुसन्धान गरिरहेको छ। केही समयदेखि वडाअध्क्षय लगायत अन्यले सानेपामा रहेको एक खाजा घरमा महिलालाई बन्धक बनाएर देहव्यापार गराएको उजुरी परेकोले अनुसन्धान अगाडी बढाइएको उनले बताइन्।

खाजा घरमा छापा मार्दा अन्य तीन जना महिला समेतलाई उद्धार गरेको प्रहरीले जानकारी दिएको छ। उनीहरुले सानेपामा साढे तीनवटा फ्लाट नै भाडामा लिएर देहव्यापार गर्ने गरेको खुलेको छ। ‘पिडित महिलाले नै उजुरी दिएपछि हामीले छापा मारेको हो। थप अनुसन्धान हुँदै छ।’ एसपी सिंहले भनिन्।
 

प्रकाशित मिति: : 2020-01-31 00:14:13

प्रतिकृया दिनुहोस्