बिएल संवाददाता
सर्वोच्च अदालतले बिएण्डसी मेडिकल कलेज झापाका सञ्चालक दुर्गा प्रसाईलाई पक्राउ गर्नुपर्ने जवाफ पेश गर्न भक्तपुर प्रशासनलाई आदेश दिएको छ।
माघ १० गते प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको इजलासले प्रसाईलाई पक्राउ गर्नुको जवाफ पन्ध्र दिनभित्र पेश गर्न जिल्ला प्रशासन कार्यालय भक्तपुरलाई कारण देखाउ आदेश दिएको हो।
सर्वोच्चले पक्राउ गर्नुपर्ने लिखित कारण पेश गर्न १५ दिनको समय दिएको भक्तपुर अदालतले बताएको छ।
अदालत स्रोतका अनुसार आदेश दिए पनि प्रसाईलाई नपक्रिन भनेको छैन। उनलाई प्रहरीले पक्राउ पनि गर्न सक्छ। पूर्जी जारी भएपछि प्रसाई सम्पर्कमा छैनन्।
चिकित्सा शिक्षा आयोग उपाध्यक्ष डा.श्रीकृष्ण गिरीले अभद्र व्यवहार गरेको आरोप लगाउँदै माघ १ गते प्रसाईविरूद्ध महानगरीय प्रहरी परिसर भक्तपुरमा जाहेरी दिएका थिए। जाहेरीपछि प्रशासनले प्रसाईविरूद्ध पक्राउ पूर्जी जारी गरेको थियो। उक्त पक्राउ पूर्जीमाथि उत्प्रेषण परमादेश माग गर्दै प्रसाईले वारेसमार्फत सर्वोच्च अदालतमा निवेदन दिएका थिए।
आशयपत्र पाइसकेको आफ्नो मेडिकल कलेजलाई सम्बन्धन दिने प्रक्रिया थाल्न निवेदन लिएर जाँदा आयोग उपाध्यक्ष गिरीले होटल द्वारिकाजमा बोलाएर २० करोड रूपैयाँ मागेको आरोप प्रसाईले लगाएका थिए। आफूलाई बदनाम गराएको भन्दै गिरीले प्रसाईविरूद्ध गाली बेइज्जतीको मुद्दा काठमाडौं जिल्ला अदालतमा पनि हालेका थिए।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया