वीरेन्द्रनगरमा लगाएको कर्फ्यू हट्याे, जनजीवन सामान्य

सुर्खेतको  वीरेन्द्रनगरमा लगाएको कर्फ्यू हटेपछि जनजीवन सामान्य बन्न थालेको छ।

टिप्परको ठक्करबाट युवाको मृत्यु भएपछि उग्र प्रदर्शनले तोडफोड गर्न थालेपछि जिल्ला प्रशासन कार्यालय सुर्खेतले मंगलबार साँझ ६ः३० बजेदेखी बुधबार विहान ६ बजेसम्म कर्फ्यू लगाएको थियो। बुधबार बिहान कर्फ्यू हटेसँगै जनजीवन सामान्य बन्न थालेको हो। 

सुरक्षालाई मध्यनगर गर्दै मंगलगढी, यरिचौक र वीरेन्द्रचोकमा सुरक्षाकर्मी बाक्लो संख्यामा खटाइएको छ। टिपरको ठक्करबाट वीरेन्द्रनगरको मुलपानी चोक नजिक कालिकोटको महावै गाउँपालिका–३ सिम्खेतका २० वर्षिय केशर सिंहको घटनास्थलमै ज्यान गएको हो।

भे १ प २१७८ नम्बरको मोटरसाइकलमा सवार उनलाई भे १ ख २२४२ नम्बरको टिपरले किचेको हो। घटनापछि वीरेन्द्रनगर तनावपूर्ण बनेको थियो।

चालकको लापरबाहीले घटाना भएको भन्दै स्थानीयले कडा कारबाही र पीडित परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्ने माग गरेका हुन्। प्रहरीले सडकबाट लास उठाएपछि अवस्था थप तनावपूर्ण बनेको हो। सोहीक्रममा दोहोरा झडप भएको थियो।

प्रहरीले ठक्कर दिने टिपर र चालकलाई नियन्त्रणमा लिइएको जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रकाशित मिति: : 2020-01-30 04:28:45

प्रतिकृया दिनुहोस्