तोक्मे बुढालाई जन्मदिनकै दिनमा पुत्रलाभ

बिएल संवाददाता

काठमाडाै‌ं

हाँस्य कलाकार विल्सन विक्रम राई पिता बनेका छन्। तोक्मे बुढाको रुपमा चिनिएका राईलाई बुधबार बिहान पुत्रलाभ भएको हो।

प्रसव पिडाका कारण सरिनालाई एक सातदेखि हस्पिटलमा राखिएको थियो। आज अपरेशनबाट छोरालाई जन्म दिएकी हुन्। विल्सनका अनुसार अहिले आमा र बच्चा दुबैको स्वस्थ्य राम्रो छ।

विल्सनले गत वर्षको फागुनमा बिबाह गरेका थिए। बिबाह गरेको ११ महिनामा राईकी पत्नी सरिना लामाले छोरालाई जन्म दिएकी हुन्।

विल्सनको पनि आजै जन्मदिन परेको छ। आज विल्सनले आफ्नो ३४ औँ जन्मदिन मनाउदै छन्। आफ्नो जन्मदिनकै दिन छोराको बुबा बन्न पाउँदा विल्सन निकै खुसी छन्।
 

प्रकाशित मिति: : 2020-01-30 04:20:40

प्रतिकृया दिनुहोस्