बालुवाटार जग्गा र यती प्रकरणका विषय केन्द्रीय कमिटी बैठकमा छलफल हुनुपर्छ

दुई अध्यक्षले सम्पति र आफन्त मोह त्याग्न जरुरी छ

तस्बिर : सेतोपाटी

केन्द्रीय कमिटीको बैठकमा केन्द्रीय कार्यालयको तर्फबाट छलफलका एजेण्डाहरु प्रस्तुत गर्ने हाम्रो परम्परा हो।केन्द्रीय कार्यालयबाट छलफलका लागि कस्ता कस्ता प्रस्तावहरु आउँछन् त्यो नहेरिकन यो-यो विषयवस्तु राख्नुपर्ला भनेर बाहिरबाट धारणा बनाइराख्ने स्थिति बन्दैन। तर पार्टीसँग या सरकारसँग हाम्रो आन्दोलनसँग जोडिएर उठेका विषयवस्तुहरु केन्द्रीय कार्यालयबाट प्रस्तुत भएन भने केन्द्रीय सदस्यको हैसियतले म लगायत अरु थुप्रै साथीहरुको ध्यान यसमा जान्छ।

यो सँगै बैठक संचालनको चरित्र कस्तो बन्छ भन्ने पनि महत्वपुर्ण कुरा हो। केन्द्रीय समितिका सदस्यहरुले बोल्ने चरित्रको बैठक हुन्छ वा नेताहरुले बोल्ने र अरुले सुन्ने मात्रै चरित्रको बैठक बन्छ भन्ने कुरा पनि बैठकमा प्रवेश नगरी थाहा हुँदैन। केन्द्रीय कमिटीको बैठक लामो समयपछि बस्दैछ। अब पछि बस्छ की बस्दैन भन्ने ठेगान पनि छैन। पार्टीलाई चुस्त दुरुस्त बनाउनका लागि महाधिवेशनको विषयलाई हामीले बढी जोड दिनेछौ।

प्रकाशित मिति: : 2020-01-30 00:04:19

प्रतिकृया दिनुहोस्