सोमबार, १५ डिसेम्बर २०२५

सङ्घीय र प्रदेशको कानुन नै मान्दैनन्‌ गाउँपालिका, एकातिर रोक्न खोज्दा अर्कोतिर चुरे दोहन

News Image
सांकेतिक तस्बिर
• • •

झापामा एकातिर चुरे क्षेत्र दोहन रोक्न खोज्दा जनप्रतिनिधिले अर्कोतिर दोहन शूरू गरेको पाइएको छ। नदीजन्य पदार्थ उत्खननका लागि सङ्घीय तथा प्रदेश सरकारले बनाएको कानुन र जिल्ला समन्वय समिति झापाको जिल्लास्तरीय नदी तथा खानीजन्य पदार्थको व्यवस्थापन तथा कार्यविधि लत्याउँदै स्थानीयतहले नदीजन्य पदार्थ जथाभाबी उत्खनन्‌ गर्दै आइरहेको छ।

स्थानीयतहले चुरे क्षेत्र र आइईई नगरेको स्थानबाट जथाभावी ढुङ्गा, गिट्टी र बालुवा उत्खनन गरी कर उठाइरहेको छ। इलाम र झापा जोड्ने रोङ गाउँपालिका र मेचीनगर नगरपालिकाको तिरीङ 'चुरे बफर जोन' क्षेत्र पर्छ।
 

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!