बसमा पाकेट मारेर भाग्दै गरेका तीन जना पक्राउ

महानगरीय प्रहरी वृत्त थिमिको टोलीले  बसमा पाकेट मारेर भाग्दै गरेका तीन जना पाकेटमारलाई ११ हजार रुपैयाँसहित पक्राउ गरेको छ।

मध्यपुर थिमि नगरपालिका ९ राधेराधेमा काठमाण्डौबाट दुवाकोटतर्फ जाँदै गरेको सार्वजनिक बसमा यात्रा गरिरहेकी एक महिलाको ब्यागबाट पाकेट मारेर भाग्दै गर्दा प्रहरीको टोलीले उनीहरुलाई मङ्गलबार पक्राउ गरेको हो।

पक्राउ पर्नेमा धनकुटा सागुरीगढी गाउँपालिका ७ घर भइ ललितपुर ठैब बस्दै आएका २० वर्षीय नवीन राई, सिन्धुली घ्याङलेक गाउँपालिका ६ घर भइ ललितपुर गोदावरी बस्दै आएका २६ वर्षीय राजिव गोले र मकवानपुर इपाचोक गाउँपालिका ८ घर भइ ललितपुर ठैब बस्दै आएका २० वर्षीय रुविन कठायत रहेका छन्।

पक्राऊ परेका तीन जनालाई मङ्गलबार नै चोरी तथा डाँकासम्बन्धी कसुरमा म्याद थप गरी मुद्दा चलाएर थप अनुसन्धान गरिरहेको प्रहरी वृत्त थिमिका प्रहरी नायब उपरीक्षक शान्ति कोइरालाले जानकारी दिए।

प्रकाशित मिति: : 2020-01-29 21:41:48

प्रतिकृया दिनुहोस्