अमेरिकामा राजदूत रहेका हर्षबर्द्धन भारतका विदेश सचिव नियुक्त

अमेरिकामा भारतकाे राजदूत रहेका हर्षवर्द्धन श्रृंगलालाई विदेश सचिव नियुक्त गरिएकाे छ। विदेश सचिव विजय गाेखले सेवा निवृत्त भएपछि उनकाे स्थानमा हर्षवर्द्धनलाई नियुक्त गरिएकाे हाे।

अमेरिकामा भारतकाे राजदूत रहेका हर्षवर्द्धन श्रृंगलालाई विदेश सचिव नियुक्त गरिएकाे छ। विदेश सचिव विजय गाेखले सेवा निवृत्त भएपछि उनकाे स्थानमा हर्षवर्द्धनलाई नियुक्त गरिएकाे हाे। मुम्बईमा जन्मिएका श्रृंगला भारतकाे तेत्तिसाैं विदेश सचिव हुनेछन्। उनी १९८४ काे आईएफएस अफिसर हुन्। 

श्रृंगलाकाे स्थानमा १९८८ ब्याचका आईएफएस अफिसर तरणजीत सिंह संधुलाई अमेरिकाका लागि भारतीय राजदूत नियुक्त गरिएकाे छ। उनी यसअघि श्रीलंकामा भारतीय उच्चायुक्त थिए। उनले सन् २०१३ देखि २०१७ सम्म वासिङटनमा भारतकाे डेपुटी चिफ अफ मिशनकाे जिम्मेवारी सम्हालिसकेका छन्। 

श्रृंगलाले विदेश मन्त्रालयमा कार्यरत रहँदा बंगलादेश, म्यानमार, मालदिभ्स र श्रीलंकामा काम गरिसकेका छन्। उनले संयुक्त राष्ट्र संघमा भारतकाे स्ठायी प्रतिनिधिकाे रुपमा काम गरिसकेका छन्। उनले फ्रान्स,भियतनाम,इजरायल र दक्षिण अफ्रिकामा पनि काम गरेका छन्। 

 

 

 

 

प्रकाशित मिति: : 2020-01-29 08:15:01

प्रतिकृया दिनुहोस्