आस्था राउत प्रकरण : 'अनुसन्धान बिनानै थुन्नु गलत हो' 

फाइल तस्बिर

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सांसद कोमल ओलीले नेपाल प्रहरीले अधिकारको दुरुपयोग गरेको आरोप लगाएकी छन्। गायिका आस्था राउतलाई अनुसन्धानको नाममा कारवाही गरेको भन्दै सांसद ओलीले सो आरोप लगाएकी हुन्।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै उनले जिल्ला प्रशासन कार्यालय अर्धन्यायिक निकाय भएको बताइन्। 'अनुसन्धान नगरी नै चार थुन्नु गलत हो' उनले भनिन्।

उनले फौजदारी न्यायको प्रसंगलाई कोट्याउदै भनिन्, 'पहिले सुन्ने अनि थुन्ने हो, गैरकानूनी कार्य गरेको छ कि भन्ने कुरा हेरिनुपर्छ।' गायिका राउतको सामान्य भनाभन मात्र भएको बताउदैं सांसद ओलीले भनिन्, 'बिना अनुसन्धान प्रहरीले आफ्नो अधिकारको दुरुपयोग गर्यो।'

कमलाकुमारी ओलीले उद्योग मन्त्रालयले ‘एक पालिका एक औद्योगिक ग्राम’को अवधारणा अगाडि बढाइरहेको अवस्थामा बढीभन्दा बढी महिलालाई सहभागी गराउन माग राखिन्।

'पुरुषलाई भन्दा पनि बढी महिलालाई सहभागिता बनाउनुपर्छ।' जीवन बुढाले स्थानीय सरकारसँग विकास गर्ने गुरुयोजना नभएको हुँदा सङ्घीय र प्रदेश सरकारले सहयोग गर्नुपर्ने जीवन बुढाको भनाइ छ।

प्रकाशित मिति: : 2020-01-29 05:16:32

प्रतिकृया दिनुहोस्