टिपरको ठक्करबाट एक जनाको मृत्यु भएपछि तनावग्रस्त बन्यो वीरेन्द्रनगर

सुर्खेतको वीरेन्द्रनगरमा टिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ। टिपरको ठक्करबाट कालिकोट महावै गाउँपालिका-३ का २० वर्षीय केशर सिंहको घटनास्थलमै मत्यु भएको हो।

विपरित दिशाबाट आउँदै गरेको भे १ ख २२४२ नम्बरको टिप्परले भे १ प २१७८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएपछि करिब २० मिटर टाढासम्म घिसारे थियो। घटनालगत्तै प्रहरीले ठक्कर दिने टिपर र चालकलाई नियन्त्रणमा लिई अनुसन्धान शुरु गरेको जनाएको छ।

प्रकाशित मिति: : 2020-01-29 05:01:51

प्रतिकृया दिनुहोस्