सञ्चारकर्मीलाई प्रवक्ता श्रेष्ठको आग्रह : 'सत्य कुरा लेख्ने गर्नुहोस्'

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सचिवालय सदस्य एवं प्रवक्ता नारायणकाजी श्रेष्ठले सञ्चारमाध्यमले समाचार सम्प्रेषण गर्दा ध्यान दिनुपर्ने बताएका छन्।

मंगलबार हात्तीवनमा प्रदेश कमिटीका पदाधिकारीसँग कुरा गर्दै प्रवक्ता श्रेष्ठले बागलुङको प्रसंग कोट्याउदै समाचार सम्प्रेषण गर्दा ध्यान दिनुपर्ने बताएका हुन्।

'हामीले बोलेको कुरा मात्र लेख्ने गर्नुहोस्, उनले भने, 'नबोलेको होइन।' सञ्चारकर्मीहरुले विषयवस्तु अध्ययन र शब्द चयनमा संवेदनशीलता अपनाउनपर्ने उनको भनाई छ।

एमसिसी सम्झौताबारे राष्ट्रिय हितलाई ध्यानमा राखेर निर्णय गरिने उनले बताए। नेकपाको एकता र निर्वाचनबाट जनमत प्राप्तिसँगै शान्तिपूर्ण प्रतिस्पर्धा र उन्नत लोकतन्त्रको मार्गबाट अघि बढेको उल्लेख गरे।

 

प्रकाशित मिति: : 2020-01-29 01:35:47

प्रतिकृया दिनुहोस्