सशस्त्र असईको हत्यामा संलग्न भएका आरोपी र साक्षीहरुकाे बयान लिने कार्य शुरु

सशस्त्र असई थमनबहादुर विश्वकर्माको हत्यामा संलग्न भएका आरोपी र साक्षीहरुकाे बयान लिने कार्य शुरु भएको छ । 

प्रदेश नम्बर २ का सामाजिक विकास राज्य मन्त्री  अभिराम शर्मा, जलेश्वर नगरपालिका मेयर रामशंकर मिश्र, राजपाका केन्द्रिय  महासचिव सुरेश पाण्डे, समाजवादी फोरमका केन्द्रिय सदस्य लक्ष्मी महतो, धर्मेन्द्र कुमार राय मोहन ठाकुर संजय कुमार साह पवन कापर र प्रदिप साह माझी गरी नौ जना प्रतिवादीको तर्फबाट २२ र बादीको तर्फबाट ८  जना  साक्षी बकपत्र बयान लिने कार्य जिल्ला अदालत महोतरीमा शुरु भएको हो। बयान एक सातासम्म जारी रहने छ।

हत्यामा संलग्न संजय कुमार साह पवन कापर र प्रदिप साह महोत्तरी जिल्ला अदालतको आदेशबाट जलेश्वर कारागारमा थुनामा रहेको र समाजवादी फोरमका केन्द्रिय सदस्य लक्ष्मी महतो एक लाख रुपैयाँ धरौटीमा सामाजिक विकास राज्य मन्त्री  अभिराम शर्मा, जलेश्वर नगरपालिका मेयर रामशंकर मिश्र, राजपाका केन्द्रिय महासचिव सुरेश पाण्डे धर्मेन्द्र कुमार राय मोहन ठाकुर सधारण तारेखमा रिहा भएका थिए। 

आरोपीहरु अदालतमा स्वयं हाजिरी भई साक्षी बकपत्र शुरु गरेका छन्। अदालतमा हाजिरी नभएका अभियुक्तको नाममा पक्राउ पुर्जी जारी गरेपछि उनीहरु खुलेआम घुमिरहेका रहेका र स्थानीय प्रहरी प्रशासनको कार्यकक्षमा समेत पुगि बैठकमा सहभागि हुने गरेको छ। तर प्रहरीले उनीहरुलाई पक्राउ गर्न सकेको छैन यस मुद्दामा फरार रहेका प्रतिवादी समाजवादी फोरमका केन्द्रिय सदस्य तथा प्रदेश सभा सदस्य कौशल कुमार राय र रमेशप्रसाद साह समेतका २५ जनाको नाउमा महोत्तरी जिल्ला अदालतबाट जारी भएको बारेन्ट पुर्जी र म्यादी पुर्जी फरार प्रतिवादीको नजिकका प्रहरी एकाइमा पठाएको र प्रतिवादी पक्राउ परी दाखिला हुन नआएको उल्लेख छ । फरार प्रतिवादी पक्राउ परी दाखिला हुन आएको बखत उनीहरूलाई कानुनबमोजिम महोत्तरी जिल्ला अदालतमा पेस गरिने जनाइएको छ ।

अदालत महोतरीमा दायर अभियोग पत्र अनुसार कर्तब्य ज्यान अभियोगमा २८ तथा एम्वुलेन्स आगजनीमा २५ जनाविरुद्ध मुद्दा दर्ता गरिएको छ। अदालतमा हाजिरि नभएका अभियुक्तको नाममा पक्राउ पुर्जी जारी गरिएको स्रेस्तेदार मनोज कुमार श्रीबास्तवले बताए। 

०७२ भदौ २५ गते सशस्त्र प्रहरी बल जिल्ला कमाण्ड पोस्ट सुरक्षा बेसक्याम्प जलेश्वर महोत्तरीमा कार्यरत सशस्त्र प्रहरी सहायक निरीक्षक थमन विकलाई मधेसी मोर्चाका कार्यकर्ताले नियन्त्रणमा लिई लाठी, लात्ती, मुक्काले कुटपिट गरी गम्भीर घाइते बनाएका थिए । घाइते विकलाई उद्धार गरी प्रहरी टोलीले उपचारका लागि जिल्ला अस्पताल जलेश्वरमा र्पुयाएको थियो।

घाइते विकलाई जिल्ला अस्पताल जलेश्वरमा प्रारम्भिक उपचारपछि सशस्त्र प्रहरी बल जिल्ला कमान्ड पोस्ट सुरक्षा बेस महोत्तरीले जिल्ला अस्पतालको ६६–१–१२३५ एम्बुलेन्समा जनकपुर अञ्चल अस्पतला ल्याउँदै गर्दा महोत्तरी वडा नम्बर ८ सनोखडाको धान खेतमा आन्दानेलनकारीले हत्या गरेका थिए । उनी नेपालगन्ज निवासी थिए। 

प्रकाशित मिति: : 2020-01-29 00:51:49

प्रतिकृया दिनुहोस्